विभिन्न चरणहरु पार गर्दै २०६६ साल पौष २५ गतेको पहिलो औपचारिक भेलाबाट थालनी भएको संस्था स्थापना कार्यले सोहि वर्ष फागुन १० गते डिभिजन सहकारी कार्यालय, ललितपुरमा विधिवत दर्ता पश्चात कानूनी मान्यता प्राप्त गरेको थियो । शुरूमा ललितपुर महानगरपालिकाको ५ वटा वडा कार्यक्षेत्र सहित दर्ता भएको यस संस्थाको कार्यक्षेत्र हाल ल.पु.म.न.पा.को १३ वटा वडाहरूमा विस्तार भएको छ । शुरुमा २५ जनाको १०,१५,००० शेयर पूँजीबाट २०६७/०२/०८ देखि कारोबार शुरु भएको यस संस्था आ.व. २०८०/८१ सम्म आउँदा ८३७ जना सदस्यहरू मार्फत रू. ३ करोड २५ लाखको शेयर पूँजी सहित रू. २० करोड ८८ लाखको कारोबार गर्दै आएको छ ।
संस्थाको यस प्रगतिमा संस्था स्थापनाकाल देखि हालसम्म साथ दिनुहुने सम्पूर्ण संस्थापक शेयर सदस्य, अन्य शेयर सदस्य, पदाधिकारीहरु, कर्मचारीवर्ग र शुभेच्छुकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं । सदस्यहरुबाट निरन्तर प्राप्त हौसला र सहयोगले आगामी दिनहरुमा अझ बढी गुणस्तरीय र सुलभ सेवा प्रदान गर्न हामीलाई उत्प्रेरित गरिरहेको छ र हामी पनि सोहि बमोजिम क्रियाशील र प्रतिबद्ध छौं । आशा छ सबैको सहयोग र सदभावले हामी एक उल्लेखनीय नमूना सहकारी बन्न सक्षम हुनेछौं ।
जय सहकारी